राजनीति

‘पेन्सन छोड्न तयार छु तर हिन्दू धर्म र संस्कार छोड्दिन’ : पूर्व प्रधानन्यायाधीश पराजुली

पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले नेपालका नेताहरुको लोभीपापी चरित्रका कारण धर्म, संस्कार र संस्कृति मास्न धर्मनिरपेक्ष बनाइएको आरोप लगाउँदै आफूले सरकारबाट पाएको पेन्सन छाड्न परे पनि हिन्दु धर्म नछाड्ने बताउनुभएको छ ।

उहाँले संविधानमा धर्मनिरपेक्षता लेखिएदेखि नेपालीहरुमाथि थिचोमिचो बढेको दाबी गर्दै सरकारबाट पेन्सन खाइरहेको मैले यो कुरा गर्दा आफूले पेन्सन छोड्नु परे पनि छोड्ने बताउनुभएको हो ।

शनिबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अभियानले काठमाडौंमा आयोजना गरेको प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रममा पराजुलीले धर्मनिरपेक्षताको चर्को विरोध गर्दै राजनीतिक दलका नेताहरुलाई लोभी–पापीको संज्ञा समेत दिनुभयो ।

उहाँले भन्नुभयो, धर्मनिरपेक्षताबाट हिन्दू धर्म, संस्कार र संस्कृति मासिंदै गएको छ । हामी कतैकतै थिचिएका छौं, कतैकतै मिचिएका छौं । कतैकतै अनुचित लोभमा फसेका छौं, कतैकतै लोभी–पापी पनि भएका छौं । त्यसको जग संविधानको धर्मनिरपेक्षता भन्ने शब्दबाट यसलाई अरु मुखरित गरिदिएको छ ।’

उहाँले हिन्दू धर्म पवित्र आत्माहरुको पुञ्ज भएको बताउँदै अमेरिकी उपराष्ट्रपतिले पनि हिन्दू धर्मग्रन्थ छोएर शपथ ग्रहण गरेको सुनाउँदै भन्नुभयो, ‘संसारमा हिन्दू धर्मभन्दा ठूलो, यो भन्दा पुरानो, यो भन्दा शुद्ध र योभन्दा असल चरित्र, संस्कार छैन । यो मेरो ग्यारेन्टी हो ।’

त्यसै गरी उहाँले शपथग्रहण गर्दा हरिवंश पुराण हातमा लिनुपर्ने पुरानो चलन पुनः चलाउनुपर्ने माग पनि गर्नुभयो । उहाँले भन्नुभयो ‘शपथ ग्रहण गरिरहेको कुरा खेलाँची होइन, यो भन वा यो नभन भन्ने विषय होइन । अबदेखि हामीले आफ्नो आफ्नो धर्मको ग्रन्थ राखेर शपथ ग्रहणको कार्यक्रम हुनुपर्छ । सबैले आ–आफ्नो धर्मग्रन्थ छोएर शपथ ग्रहण गर्नसक्नेछन् ।

यसैगरी पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेलले धर्म विहिन राष्ट्र हुन सक्दैन बताउदै प्राचीनकाल देखि नै नेपाल एक वैदिक सनातन हिन्दु राष्ट्र रहँदै आएको र युग युगसम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुनलाग्यो भने पुरानै अबस्थामा ल्याउन सबै हिन्दुहरूले आआफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने मा जोड दिनु भएको थियो ।

कायैक्रममा विशिष्ठ अतिथि पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना द्वारा राखिएको थियो ।

कार्यक्रममा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।

त्यस्तै साहित्य परिचय अभियानका सदस्य देवेश झा ले गराउनु भएको थियो । कार्यक्रम संयोजक वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गर्नु भएको थियो ।

स्वागत मन्तव्य दिदै तिमल्सिनाले घर घरमा जागरण अभियान चलाउनुपर्ने बताउनु भयो । धर्म परिवर्तनलाई रोक्नुपर्ने कुरालाई जोड दिदै वहाँले अभियान कुनै राजनीतिक स्वार्थ बाट प्रेरित नभई समग्र हिन्दूहरूको धर्म संरक्षण कालागि सञ्चालन गरिएको बताए ।

साहित्य परिचय गराउने क्रममा अभियानका सदस्य देवेश झाद्वारा गत साउन महिना देखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिका मार्फत उद्देश्य र स्वाभिमान जागरण बारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको बताइयो ।

आफ्नो स्वास्थ्य जटिलता का कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल को सन्देश पढेर सुनाइएको थियो । सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवालले सन्देश मार्फत हिन्दु राष्ट्रको माग सम्पूर्ण नेपालको स्वाभिमान संग जोडिएको विचार व्यक्त गर्नु भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.