राजनीति

कनिष्ठलाई बढुवा गरिएपछि वरिष्ठ डिआईजीहरु लोकसेवामा

सरकारले नेपाल प्रहरीका तीन डिआईजी तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकामा वरिष्ठ डीआईजीहरुले लोकसेवामा उजुरी दिएका छन् ।

हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।

लोकसेवामा उजुरी दिने डीआईजी ईश्वरबाबु कार्कीले आफू अदालत पनि जाने बताउनुभएको छ । त्यस्तै बढुवा सिफारिसविरुद्ध घनश्याम अर्यालसहित केही डीआईजीहरु पनि लोकसेवा आयोगमा उजुरी दिने तयारीमा रहनुभएको समाचार छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.