राजनीति

निर्वाचन आयोग निष्पक्ष नभएको ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाउनुभएको छ । मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उहाँले विरोध गर्नुभयो ।

हरियो रङ रुख जस्तो हुने र कांग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “कांग्रेसको चुनाव चिह्न रुख किन हरियो हुने ?

इलामको सूर्योदय नगरपालिका नगर कमिटीको आयोजना र एमाले जिल्ला कमिटीको व्यावस्थापनमा भएको जनसभामा बोल्दै एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी गर्नुभयो ।

फिक्कल चोक बजारमा भएको कार्यक्रममा एमाले जनताको पार्टी भएको उहाँको भनाइ छ । एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उहाँको भनाइ छ ।

एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनताको लहर चलेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.