अर्थकर्पोरेट/पर्यटन

ब्याजदर एकल अङ्कमा ल्याउन ‘हान’को माग

होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान)ले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुर्नसंरचना तथा पुनर्तालिकीकरण गरी कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै हानले चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।

कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको बताएको छ । अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.