जल/वातावरण

कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना

आज चैत्र ७ गते बुधबार कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको छ ।

मौसम

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.