जल/वातावरण

मध्यपुरथिमिमा क्विक रेपिड रेस्पोन्स टोली गठन

कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाले सङ्क्रमणको जोमिखलाई ध्यान दिँदै स्वास्थ्य सङ्कटका बेला परिचालन गर्न क्विक रेपिड रेस्पोन्स टोली तयार पारेको छ ।

नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालका डा दीक्षा न्यौपाने र डा विजयकुमार यादवको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली तयार पारिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

टोलीले सम्भावित कारोना सङ्क्रमितको स्वास्थ्य परीक्षणलगायतका बारेमा आवश्यक कार्ययोजना बनाएर सुरक्षितरूपमा सेवा दिने गरी काम गर्नेछ । त्यस्तै नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कसैलाई पनि अत्यावश्यक अवस्थाबाहेक बिदा नदिने निर्णय गरेको छ ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा छ श्ययाको आइसोलोसन वार्ड, भेन्टिलेटरसहितको दुई श्ययाको आइसीयू तयार पारेका छौँ, डेण्टल र फिजियोसेन वार्ड राख्न बनाएको नयाँ भवनको दुवै तलालाई आवश्यकता पर्दा तत्कालै ३० श्ययाको आइसोलेसन वार्ड बनाउने गरी तयारी अवस्थामा राखेका छौँ, बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रको ५० जना क्षमता रहेको सुविधासम्पन्न आवासीय भवनलाई क्वारेन्टाइन बनाउने भएका छौँ ।”

उहाँले क्वारेन्टाइनका लागि बैंकसँग कुरा भइसकेको, नगरपालिका एवं वीर दल गणका गणपति शिव पौडेलसहितको टोलीको अनुगमनले उपयुक्त ठह¥याएपछि त्यसलाई ५० जना क्षमताको क्वारेन्टाइन बनाउने निर्णय भएको बताउनुभयो । नगरपालिकाले जनचेतनाका लागि ५० हजार पर्चा वितरण गरेको छ भने नयाँ एम्बुलेन्सलाई कोरोना आशङ्का गरिएका वा सङ्क्रमितका बिरामी मात्रै बोक्ने गरी तयारी अवस्थामा राखेको छ । एम्बुलेन्सलाई किटाणुमुक्त बनाउने र एम्बुलेन्स चालकसँग बिरामीको सम्पर्क नहुने गरी तयार पारिएको छ ।

त्यस्तै कोरोना भाइरस भए÷नभएको परीक्षण गर्न सक्ने ‘पोलिमराइज चेन रिएक्सन’ ९पिसीआर० मेसिनसहित नगरपालिकाले ल्याब स्थापना गरेको छ । नगरपालिकाले आफ्नो अस्पतालमा नौ सेट कोरोना सङ्क्रमित बिरामीको उपचारमा लगाइने पोशाक पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपीइ) ल्याएर त्यो लगाउने र उपचार गर्नेबारेमा स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको छ । नगरभित्र सञ्चालित अस्पताललाई मास्क, सेनेटाइजर, ज्वरो नाप्ने थर्मल गन, पिपिइ अर्थात् पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट पोशाक, पिपी नाइन्टिनाइन मास्क वितरण गर्ने भएको छ ।

आकस्मिक बैठकमा सहभागी मध्यपुरथिमिभित्रका अस्पतालका प्रतिनिधिलाई नगर प्रमुख श्रेष्ठले आइसोलेसन वार्ड तयारी राख्न निर्देशन दिँदै भन्नुभयो, “मास्क, सेनिटाइजर, थर्मलगन, पिपिइलगायतका अत्यावश्यक सामग्री हामीले मगाइरहेका छौँ, आउनेबित्तिकै यहाँका अस्पताललाई वितरण गर्छौँ, सबै अस्पतालमा वार्ड तयारी अवस्थामा राख्नुस् ।” सङ्कटको अवस्थामा सरकारको मात्रै मुख ताकेर बस्न नहुने बताउँदै उहाँले सम्भव भएसम्मको। तयारीमा जुट्न सबै अस्पताललाई निर्देशन दिनुभयो ।
कार्यक्रममा मध्यपुर अस्पतालका डा रविना प्रधानाङ्गले चार श्यया, नागरिक कम्युनिटी अस्पतालका नर्सिङ इन्चार्ज सुन्दरी प्रधानले तीन श्ययाको आइसोलेसन तयार पारेको बताउँदै मास्क, स्यानिटाइजर, ग्लोभ्स, पिपीइ केही पनि नभएकाले शङ्कास्पद बिरामी आए उपचार गर्न सक्ने अवस्था भने नरहेको बताउनुभयो । नगरपालिकाले केही मास्क दुवै अस्पताललाई प्रदान गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.