राजनीति

वैशाख ११ देखि नै अधिकांश स्थानीय तह जनप्रतिनिधिविहीन हुने

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वहाल रहेका जनप्रतिनिधि वा मनोनित पदाधिकारीले उम्मेदवारी दिने भए पहिला पदबाट राजीनामा दिनुपर्ने भएको छ ।

स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा सो व्यस्था गरिएको छ र कसैले अटेर गरी उम्मेदवारी दिए कुनै पनि माध्यमबाट निर्वाचन आयोगमा उजुरी दिन सकिन व्यवथा नि गरिएको छ ।

आचारसंहिताका दफा ३६ मा भनिएको छ, “कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ ।”

त्यस्तै उजुरी सम्बन्धी प्रावधानमा लेखिएको छ, “कसैले यो आचारसंहिता उल्लंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताको परिच्छेद–८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची–४ बमोजिमको उजुरी दिन सक्नेछ ।”

निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन गरिनेछ र जनप्रतिनिधिले उम्मेदवारको मनोनयन अगाडि नै राजीनामा दिनुपर्ने व्यवस्था गरिएको छ ।

वहावलावा जनप्रतिनिधि नै अधिकांश उम्मेदवारको आकांक्षी देखिएकाले आचारसंहिता र निर्वाचन कार्यतालिका अनुसार मुलुकका अधिकांश स्थानीयह निर्वाचनको दुई हप्ताअघिदेखि जनप्रतिनिधिविहीन हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.