कला/मनोरन्जनकलिउड

क्रिप्टोकरेन्सी कारोबारको आशंकामा प्रियंका अनुसन्धानमा

अवैध भर्चुअल मुद्रा कारोबारको आशंकामा अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ ।

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि कार्कीको मोबाइल नियन्त्रणमा लिइएको बताइएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले अवैध मुद्राको कारोबार गरे नगरेको यकिन भइनसकेकाले अनुसन्धानका लागि मोबाइल नियन्त्रणमा लिइएको छ ।

ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेसनमा उनको तस्वीरसहितको विज्ञापन देखिएपछि सोधपुछका लागि कार्कीलाई ब्यूरोमा बोलाइएको थियो ।

कार्कीले आफूले क्रिप्टोकरेन्सीको कारोबार नगरेको र आफ्नो फोटो दुरुपयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको बताउँदै दोषी पत्ता लगाएर कारबाही गर्न निवेदन पनि दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.