राजनीति

निर्वाचन आयोगलाई ओलीको प्रश्न सूर्य पनि हरियो हुन्छ ?

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थनीय तह निर्वाचनमा मतपत्रको रंग हरियो बनाउने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै यो गतिविधि एमालेबिरुद्ध भएको आरोप लगाउनुभएको छ ।

सोमबार एमोको प्रथम पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाउँदै
मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको दावी गर्नुभएको हो ।

ओलीले स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको सरकार भएकाले यो व्यवस्था नराखिएको तर स्थानीय तहमा एमालेको वर्चश्व भएकाले यो व्यवस्था राखिएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले मतपेटिकाको रङ हरियो बनाउनु पनि एमालेविरुद्ध भएको बताउँदै भन्नुभयो, अहिलेसम्म हामीले रङको कारण चिनेनौं, कन्फ्युजन भयो भन्ने कुरा आएको छैन । त्यसैले रङ बदलेर हरियो किन राख्नुपर्‍यो ? सूर्य कसरी हरियो हुन्छ ? कि त सिम्बोलिक ब्ल्याक एण्ड हृवाइटमा जानुपर्‍यो ।

अध्यक्ष ओलीले निर्वाचन आयोगको आलोचना मात्र नगरी सत्ता गठबन्धन र आयोग मिलेर निर्वाचन नै नगर्ने खेल समेत भित्रभित्रै भैरहेको आरोप समेत लगाउनुभयो ।

ओलीले अझै पनि निर्वाचन सार्ने, नगराउने, पर धकेल्ने तयारी कलात्मक ढंगले तयारी भइरहेको र यसका लागि आयोग र गठबन्धनका बीचमा संवाद भइरहेको दावी समेत गर्नुभयो ।

उहाँले यसको आधार प्रस्तुत गर्दै निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गर्नु नै निर्वाचन सार्ने तयारी भएको बताउनुभयो ।

अध्यक्ष ओलीले वैधानिक रुपमै निर्वाचन सार्ने खेल भैरहेको बताउँदै निर्वाचन आयोगका अरु आयुक्तहरूको नियुक्ति बदर गराउने हो भने दुई जनाले मात्रै गर्न सकिन्छ कि सकिँदैन भन्ने छलफल अहिले चलिरहेको छ ।

अध्यक्ष ओलीले भन्नुभयो “घोषणा गरिएको निर्वाचन सार्ने तयारीका लागि अदालतको प्रयोग हुन लागेको आशंका छ । आयोगका तीन आयुक्तको नियुक्त बदर गरेपछि दुई जनाले मात्रै गर्न सकिँदैन भन्न सजिलो भो र यसैको प्रयास भैरहेको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.