मिलन खत्रीको नेतृत्वमा प्रवासी नेपाली मञ्च ओकिनावा क्षेत्रीय कमिटी गठन
प्रवासी नेपाली मञ्च ओकिनावाको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलन खत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।

क्षेत्रीय कमिटीका सदस्यहरुमध्ये अधिवेशनस्थलबाट १९ सदस्य र ६ जना सदस्य कमिटीको पहिलो बैठकले मनोनित गर्ने प्रवासी नेपाली मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो ।
अधिवेशनले अध्यक्षमा मिलन खत्री, उपाध्यक्षमा सुभास थापा, सचिवमा राजकुमार जोशी, उपसचिवमा दिपेश पौडेल र नबिन बस्नेतलाई निर्वाचित गरेको छ ।
त्यसै गरी अधिवेशनले प्रकाश गुरुङ, वसन्त भण्डारी, अनिश चौधरी , शुशिल अधिकारी, मिलन अधिकारी, रुजन पोखरेल, महेश खरेल, शर्मिला ज्ञवाली, अस्मिता गिरी, भीम डिसी, बिनोद श्रेष्ठ, उमेश रायमाझी, बिनिसा बानियाँ, दिनेश चौधरीलाई कार्यसमिति सदस्यमा चयन गरेको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा पूर्वी एसिया ईन्चार्ज भक्त गुरुङले जुनार्फत प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको अधिवेशन उहाँसंर्ग विशेष अतिथि पूर्वी एसिया कमिटी अध्यक्ष सरोज कँडेलले सम्बोधन गर्नुभएको थियो ।
अधिवेशनमा प्रत्यक्ष उपस्थित प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अध्यक्ष सुरेश केसी, संगठन बिभाग प्रमुख कमरेड कुलचन्द्र खरेल, पूर्वी एसिया कमिटी सदस्य स्वतन्त्र पौडेल, एनआरएनए ओकिनावा अध्यक्ष ज्ञानु भट्ट नेपाली जनप्रगतिशिल मञ्च ओकिनावा मञ्चका सचिव बिश्वनाथ यादव ओकिनावाका अग्रज व्यक्तित्व प्रितम पुन गर्बुजा लगायत बिभिन्न संघ सस्थाका प्रतिनीधिहरुले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रम आयोजक कमिटी संयोजक मिलन खत्री र संचालन नविन बस्नेत र स्वागत कमरेड राजकुमार जोसीले गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्