विश्व समाचार

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् ।

पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट(क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार हो ।

यसबीच युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।

पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको ूरेट्रोभिलू सपिङ मलको अगाडि छवटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.