खेलफूटबल

जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको तयारी पूरा

नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।

जितपुर सिमरा गोल्डकप

सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।

गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल सिमरा पावर्ड बाई जगदम्बा मोटर्स तथा मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका रहेका छन् ।

प्रतियोगितामा विधागत पुरस्कार रु २० हजार, म्यान अफ द म्याच रु १० हजार र स्थानीय उदीयमान खेलाडी पुरस्कार रु १५ हजार प्रदान गरिने भएको छ । फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपिएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ कल्ब, केबिए ग्लोबल, बिएएफसी चितवन, मकवानपुर–११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिने छन् ।

प्रतियोगिता सञ्चालन गर्न रु एक करोड छ लाख ७७ हजार लाग्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.