इन्टरनेट प्रयोग ३० प्रतिशतले बढ्यो- अनलाइन गेम नखेल्न र भिडियो नहेर्न आग्रह
सरकारले आइतबारदेखि अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आव्हान गरेसंगै घरबस्नेको संख्या बढेको र इन्टरनेट प्रयोग ३० प्रतिशतले बढेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सकेसम्म कम इन्टरनेटको प्रयोग गर्न र अनलाइन गेम आग्रह गरेका छन् ।

आइतबारदेखि अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भए पनि शनिबारदेखि नै आम मानिस घरमै वा अफिसमै बस्दा इन्टरनेटको प्रयोग ३० प्रतिशतले बढ्दा ब्यान्ड विथको माग धान्न हम्मेहम्मे परेको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् ।
प्रयोग अनपेक्षित रुपमा बढेपछि इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (इस्पान)ले विज्ञप्ति जारी गरी सकेसम्म सूचनाका लागि मात्रै इन्टनेट चलाइदिन आग्रह गर्दै भिडियो हेर्न, डाउनलोड र अनलाइन गेम खेल्ने लगायतमा इन्टरनेट प्रयोग नगर्न समेत आग्रह गरेको छ ।
इस्पानका अध्यक्ष भोजराज भट्टले यही गतिमा प्रयोगकर्ताको चाप बढे ६० प्रतिशतसम्म बढी खपतको अवस्था आउने बताउँदै आफूहरुसंग त्यति धेरै माग र खपत धान्ने क्षमता नभएकाले प्रयोगकर्ता बढेपछि इन्टरनेट स्लो हुने लगायतका समस्या देखिन सक्ने जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्