जन सरोकार

कोरोना संक्रमण हुन नदिन कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यू

भारतबाट एकै दिनन दशौं हजार नेपाली फिर्ता आएको कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ ।

आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ भने भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले शतर्कताका लागि कर्फ्यू लगाउने निर्णय भएको बताउँदै कोरोना भाइरस भित्रन नदिन उच्च सतर्कता अपनाएको हौं र कर्फ्यू भन्ने शब्द उल्लेख नगरे पनि व्यवहारमा भने कर्फ्यू नै भएको जानकारी दिनुभएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको र कर्फ्यु कहिलेसम्म भन्ने निश्चित समय तोकिएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.