राजनीति

कोभिड–१९ : सतर्कता अभिवृद्धि गर्न पार्टी पंक्तिलाई अध्यक्ष दाहालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड १९) बिरुद्ध जनचेतना अभिवृद्धि गर्न आग्रह गर्नुभएको छ ।

उहाँले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गर्नुभएको हो ।

अध्यक्ष दाहालले आइतबार प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले कोरोना भाइरसको सङ्क्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध गर्नुभएको छ ।

यस्तै उहाँले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागिपर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button