राजनीति

देउवाले पाएको राहतमा प्रचण्ड नेपाललाई झड्का

नेकपा एमालेको प्रथम पोलिटब्यूरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भुसाल र रघुजी पन्तले वाम एकता र चुनावी तालमेलको प्रस्तावलाई ठाडै लत्याएर वाम एकता सम्भव नभएको जवाफ दिनुभयो ।

अध्यक्ष ओलीले एमाले बाहेक अरु वामपन्थी नरहेको र उनीहरुसँग गठबन्धन हुन नसक्ने स्पष्ट भएपछि देउवाले राहत पाउँदा प्रचण्ड र माधव नेपालमा भने छटपटी बढेको छ ।

अध्यक्ष ओलीले नेपालमा वाम नभएको र चुनावमा तालमेल ने आपसी लाभको आधारमा हुनसक्ने बताउँदै अहिल गठबन्धनमा रहेका वामपन्थी दलसंग तालमेल पनि नहुने बताउनुभएपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ठूलो राहत मिलेको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने प्रचण्ड र माधवकुमार नेपालको दवावकाबीच कांग्रेस नेताहरु एक्लै चुनावमा जानुपर्ने बताइरहँदा अलमलमा पर्नुभएका देउवालाई एमालेले वामपन्थी तालमेल नगर्ने घोषणापछि राहतको महसुस गर्नुभएको छ ।

हाल सत्ता सञ्चालन गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् ।

गठबन्धनमा रहेका दुई दल माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् भने नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरुले गठबन्धन सरकार सञ्चालनका लागि भएको बताउँदै आइरहेका छन् ।

तर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने गत निर्वाचनमा कमजोर अवस्थामा रहेको आफ्नो दललाई सत्ताको बागडोर सम्हाल्न सहयोग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गुण तिर्न खोजिरहनु भएको छ ।

त्यस्तै सभापति देउवाले आफू निकटका नेताहरुसँग माओवादी र एकीकृतसँग गठबन्धन नगरे वृहत वाम एकता हुनसक्ने र चुनावी नतिजा गत निर्वाचनको जस्तै हुनसक्ने बताइरहँदा सोमबार अध्यक्ष ओलीको घोषणाले भने चुनावमा गठबन्धनको गर्न नचाहने पक्षलाई अरु हौस्याएको छ ।

महामन्त्री गगन गगन थापासहितका नेताहरुले कांग्रेका मतदाताले रुख चिह्नमा छाप लगाउन पाउनुपर्ने माग गरिरहेका छन् । गठबन्धनमा जाँदा कांग्रेसलाई नाफा नहुने र वास्तविक कांग्रेसको जनमत थाहा नहुने भन्दै एक्लै चुनावमा जानुपर्ने अडानमा छन् ।

तर वरिष्ठ नेता रामचन्द्र पौडल लगायत भने ओलीको दम्भ शिथिल पार्न पनि चुनावी तालमेल गरेर एमालेलाई निकै कमजोर बनाउनुपर्ने भन्दै आइरहेका छन् ।

ओलीले पार्टी आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्ने र वामपन्थीसँग एकता नभइ आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल हुने बताउनुभएको थियो ।

निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने सम्भावना कम देखेपछि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसले महत्व नदिए एमालेसँग पनि गठबन्धन हुनसक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.