जापान

जापानका १८ वटा प्रान्तकाे प्रतिबन्धहरु हट्यो

जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा राज्यमा फुकुवा गरेको जनाएको छ ।

जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो ।

जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ । यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो, ओसाका लगायतका छन् ।

यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो । आज मंगलबारदेखि यहाँका अधिकारीहरुले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाएको जनाएको हो ।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरु सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ । यहाँ अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।

बाँकी प्रिफेक्चरहरुमा भने कोभिड १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ । आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरु हटाउन सकिने सरकारले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.