राजनीतिस्थानीयतह निर्वाचन

मनोनयन अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहितामा उम्मेदवारी मनोनयन दर्ता अघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइएको छ ।

सर्वोच्च अदालतले जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै परेको रिटको प्रारम्भिक सुनुवाई गर्दै अल्पकालीन निर्वाचन आचारसंहिताको प्रावधान तत्काल लागू नगर्न आदेश दिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।

सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि भने रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.