राजनीति

करिश्मा मानन्धर एमाले प्रवेश

नेपाली चलचित्रर्की सदावहार सुन्दरी नायिकाको उपमा पाएकी करिश्मा मानन्धरनेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ यसअघि डा. बाबुराम भट्टराईले गठन गनुभएको नयाँ शक्ति पार्टी स्थापनाकालमा सदस्य रहनुभएको थियो ।

त्यस्तै पूर्वमन्त्री प्रेमबहादुर सिंह नि नेकपा एमाले प्रवेश गर्नुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कलाकार करिश्मा मानन्धर, जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री सिंह लगायतलाई पार्टी प्रवेश गराउनुभएको छ ।

पार्टी प्रवेशपछि अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको र देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उहाँहरुलाई स्वागत गर्नुभएको थियो । सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता पनि सोही पार्टीमा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.