चौथो हिमालयन गोल्डकपको उपाधि काभ्रेली समाज जापानलाई
काभ्रेली समाज जापानले चौथो हिमालयन गोल्डकपको उपाधि जितेको छ । जापानको टोकियो फुजीमोरी फुट्सल पार्कमा भएको फाइनलमा ब्लु रे एफ सि लाई ट्राइबेकरमा ३-१ ले हराउदै काभ्रेली समाज जापानले उपाधि जितेको हो ।

उपाधिसहित काभ्रेली समाज जापानले पाँच लाख येन प्राप्त गरेको छ भने दोस्रो हुने ब्लु रे एफ सिले दुई लाख येन सहित कप हात पारेको छ । यस्तै तेस्रो स्थानको लागि भएको खेलमा अल स्टार एफसिलाई कोइन टसमा हराउदै राइजिंग नेपालले १ लाख येन र कप जित्न सफल भएको छ ।
प्रतियोगितामा ३३ टिमहरूको सहभागिता रहेको थियो । बिगतका वर्षहरु जस्तै यस वर्ष पनि जापानभरका खेलप्रेमीलाई समेटेर प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी काभ्रेली समाजका सोबिन लामा, उत्कृष्ट किपर काभ्रेली समाजका सुरज केसी , उत्कृष्ट स्ट्राइकर ब्लुरे एफ सि का बिकास केसी र उत्कृष्ट डिफेन्डर राइजिंग स्टारका कमल मगर घोषित भए ।
प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, अतिथिहरु एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नबिन न्युरे, एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठ, पूर्व नेपाली राष्ट्रिय फूटबल खेलाडी बसन्त गौचन लगायतले विजेता टोलीलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्