जन सरोकार

फ्रान्सबाट फर्केकी नेपाली युवतीमा कोरोना संक्रमण : टेकु अस्पतालमा उपचार जारी

नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक १९ वर्षीया विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको छ ।

सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिंदै नेपाल आउँदा उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेको पनि बताउनुभयो ।

तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरुको पहिचान गरी आइलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गर्नुभएको छ । यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.