जन सरोकार

भारतीय क्षेत्र पानीट्यांकी नाकामा तीन सय नेपाली अलपत्र

भारतमा मजदुरी गरेर स्वदेश फर्कन लागेका करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने उनीहरु अलपत्र परेका हुन् ।

त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि आउँदै हुनुहुन्छ । जिल्ला ट्रभाल सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.