जन सरोकार

चार्जमा राखेर मोबाइल चलाउँदा किशोरीको मृत्यु

मोबाइल फोन चार्जमा राखेर चलाउनु हुँदैन भन्ने थाहा पाएर पनि वेवास्ता गर्दा बेलाबलामा दुःखद घटना हुने गरेको छ । यस्तै लापरवाही गर्दा एक १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

समाचार अनुसार मोबाइल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा सा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.