खेलफूटबल

खप्तड गोल्डकपको तयारी पूरा

धनगढी रङ्गशालमा बिहीबारदेखि सुरु हुने ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’ को तयारी पूरा भएको छ ।

खप्तड गोल्डकपको तयारी पूरा

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । बुटवललगायतका ठाउँमा जारी फुटबल प्रतियोगिता पूरा हुन बाँकी रहँदा खप्तड गोल्डकप, २०७९ को खेलतालिका सार्वजनिक गर्न ढिलाइ भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खेलतालिका बुधबारै बेलुकासम्म सार्वजनिक गर्ने प्रयासमा छौँ ।”

प्रतियोगिताको पहिलो दिन बिहीबार हुने उद्घाटन खेलमा नेपाल एपिएफ क्लब काठमाडौँ र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्री स्टार, खुमलटार एफसी, सुदूरपश्चिम–११, नेपाल प्रहरी, एपिएफ, बागमती युवा क्लब, एभिनियर क्यामरुनलगायत १० फुटबल टिमले प्रतिस्पर्धा गर्न लागेका छन् ।

प्रतियोगिता हेर्नका लागि विद्यार्थीको हकमा रु एक सय र अन्यका लागि रु एक सय ५० टिकट दर तोकिएको छ । प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेतालाई रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ । धनगढी रङ्गशालमा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.