अर्थ

सुनको मूल्य प्रतितोला एक लाख नौ हजार

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार २०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य एक लाख नौ हजार रुपैयाँ तोकिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख सात हजार आठ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख आठ हजार पाँच सय रहेकामा बुधबार प्रतितोला रु १ लाख सात हजार तीन सयमा कारोबार भएकोे थियो ।

त्यस्तै आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बुधबारको तुलनामा तोलामा २५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला एक हजार ३३५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत आइतबार (चैत ५) गते रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ हजार ५०० मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.