जन सरोकार
मृत अवस्थामा दुई जना फेला
मृत अवस्थामा विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । ताप्लेजुङ, मैवाखोला गाउँपालिका-६ बस्ने २९ वर्षीया सोनी थाङ्देन सोही ठाउँस्थित सुखे खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै म्याग्दी, बेनी नगरपालिका-४ हरियालीस्थित म्याग्दी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्