कोरोना संक्रमणबिरुद्धको राहत कोषमा एनआरएनए जापानको पाँच लाख
विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरस संक्रमणबिरुद्ध लड्न नेपाल सरकारले गठन गरेको विशेष राहत कोषमा गैरआवाीय नेपाली संघ (एनआरएनए) जापानले पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको यही मार्च २२ मा बसेको बैठकले कोरोना भाईरस बिरुद्द लड्नको लागि नेपाल सरकारलाई प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरे बमोजिम एनसीसी जापानले पनि उक्त अभियानमा ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
उक्त प्रतिबद्धता अनुसारको रकमको संकलनको निम्ति एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको संयोजकत्वमा उपाध्यक्ष नबिन निउरे, सचिव टीकाराम खरेल, कोषाध्यक्ष कालिका थापा, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, सदस्य श्याम खड्का र रामकृष्ण श्रेष्ठ तथा सबै क्षेत्रीय संयोजक सदस्य रहने गरी १७ सदस्यीय आर्थिक संकलन समितिपनि गठन गरेकोछ ।
एनआरउनए जापानले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विकराल परिस्थितिबाट नेपाल र नेपाली दाजुभाइ दिदी बहिनीलाई जोगाउने यो अभियानमा जापानस्थित सम्पूर्ण संघ संस्था, व्यवसायी , बुद्धिजीवि, विद्यार्थी लगायत समस्त नेपाली समुदायलाई सहयोगको लागी अपिल गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्