जापान

टोकियो ओलम्पिक स्थगित : आईओसी र आयोजकलाई अर्बौ डलर घाटा

आउँदो जुलाई २४ देखि हुन लागेको टोकियो ओलम्पिक स्थगित भएको छ । विश्वव्यापी रुपमा कोरोना संक्रमणको महामारी फैलिएकाले खेल स्थगित गरिएको हो ।

जापानी प्रधानमन्त्री र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्षको सहमतिमा खेल एक वर्ष स्थगन स्थगनको निर्णय भएको हो ।

यसअघि आइतबार यस विषयमा आईओसी र आयोजक कमिटि तथा जापान सरकारबीच परामर्श भएको थियो । विश्वका १ सय ७७ भन्दा बढी देशमा कोरोना फैलिएको र जापान स्वयं संक्रमित भएकाले निर्धारित समयमा ओलम्पिक आयोजना गर्न असम्भव भएकाले स्थगित गरिएको हो ।

बेलायतको ब्रिटिस ओलम्पिक एसोसिएसनका अध्यक्षले जापानको टोकियोमा हुने ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने जानकारी दिएपछि स्थगन घोषणा गरिएको हो । अस्ट्रेलिया र क्यानडाले यसअघि नै जापान ओलम्पिकमा भाग नलिने बताइसकेका छन् ।

ओलम्पिक स्थगनपछि आयोजक र आईओसीलाई ठूलो आर्थिक घाटा लागेको छ । जापानका खेल विज्ञहरुले यदि एक वर्ष खेल स्थगित भए जापानले ५ अर्ब ८० करोड डलर घाटा हुने बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.