खेलजापान

बाग्लुङ्ग समाज जापानको रनिङ कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

बाग्लुङ्ग समाज जापानको आयोजनामा हुन लागेको प्रथम रनिङ कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेएको छ । आगामी मार्च २६ तारिख शुक्रबार साईतामाको टोडा स्पोर्ट्स सेण्टरमा हुने खेलको प्राविधिक तयारी पूरा भएको जनाइएको छ ।

प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख ६५ हजार ५ सय ५५ येन सहित प्रमाण पत्र, पदक र रनिङ कप, द्वितीय हुनेलाई नगद १ लाख ६५ हजार ५ सय ५५ येन तथा तृतीय हुनेलाई नगद ८५ हजार ५ सय ५५ येन प्रदान गरिनेछ ।

यसै गरी प्रतियोगितामा ४ छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गरिने तयारी रहेको कार्यक्रम संयोजक विरोध चालीसेले जानकारी दिनुभयो । उत्कृष्ठ खेलाडीलाई जापानमा नेपालीहरूद्वारा संचालित जीवन तथा स्वास्थ्य बीमा गर्ने मिराई लाईफ ईन्स्योरेन्सले निशुल्क बीमा पुरस्कार स्वरूप प्रदान गर्ने जनाएको छ ।

बाग्लुङ समाज जापानले नेपालको राष्ट्रिय खेल भलिबललाई जापानमा यस वर्षबाट रनिङ कपको रुपमा आयोजना गर्न लागेको हो । खेलकुद संयोजक बसन्त थापाले कार्यक्रमलाई सफल बनाउन लागि परेको बताउँदै यथासक्दो चाडो टिम दर्ता गर्न आह्वान गर्नु भएको छ । खेलमा सहभागि हुनको लागि ४० हजार येन दर्ता शुल्क लाग्नेछ ।

संस्थाका अध्यक्ष प्रेम कँडेलले छोटो समयमा आयोजना गरिएको कार्यक्रममा जापानबासी नेपालीहरुमा कार्यक्रमका दिन समयमै उपस्थित हुन अनुरोध गर्नु भएको छ । प्रतियोगिताका विषयमा मार्च २५ बिहीवार बेलुका ५ बजे सिनोओकुबो स्थित सोलमारी हलमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी सार्वजानिक गरिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.