जन सरोकार

सञ्चारकर्मी ताम्राकारको निधन, अब प्रत्यक्ष सुनिने छैन त्यो मधुर आवाज

नेपालमा टेलिभिजन र एफएमहरुको युग सुरु हुनुअघि रेडियो नेपाल संचारको सबभन्दा सशक्त माध्यम थियो र त्यही रेडियो नेपालमा हरेक दिन समाचारवाचन गर्नुहुन्थ्यो कृष्णा ताम्राकारले ।

“यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्” भन्दै सबैका कानमा गुञ्जने वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको आज ८६ वर्षको उमेरमा निधन भएको छ ।

रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिनुभयो ।

विसं २०१८ मा रेडियो नेपाल प्रवेश गर्नुभएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो ।

ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित हुनुहुन्थ्यो । स्व ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.