महिलाको शव बोकेर १३ घण्टासम्म उड्यो विमान
आइतबार ब्रिटिश एयरवेजको जहाज उडान भरेको करिब एक घण्टापछि लगभग ६० वर्षीय एक महिला यात्रुको मृत्यु भयो । पाइलटले उडान रद्द गर्नु वा फर्कनुको सट्टा लन्डन नै जाने निर्णय गरेपछि महिलाको शव लगभग १३ घण्टासम्म जहाजमै रह्यो ।
सामान्यतया विमानले यस्तो अवस्थालाई आपतकालीन नमन्नाले विमान गन्तब्य तर्फनै लाग्यो । यो घटना हङकङबाट लन्डन जाँदै गरेको उडानमा भएको थियो ।
शव विमानको पछाडि राखिएको थियो, जहाँ भुइँ तताइएको थियो। यसले बिस्तारै दुर्गन्ध फैलियो, जसले गर्दा पछाडि बसेका यात्रुहरूलाई असहज भयो ।
शवलाई कम्बलमा बेरेर ग्यालीमा राखियो
चालक दलका सदस्यहरूले सुरुमा शवलाई शौचालयमा राख्ने विचार गरेपनि पछि कम्बलमा बेरेर ग्यालीमा राखेका थिए । ग्याली विमानको त्यो भाग हो जहाँ उडान कर्मचारी (चालक दल) खाना र पेय पदार्थ तयार गर्छन् र सामान भण्डारण गर्छन् ।
यहाँबाट यात्रुहरूलाई खाना, पानी, चिया र कफी दिइन्छ। यो सामान्यतया विमानको अगाडि वा पछाडि हुन्छ। लन्डन आइपुगेपछि, प्रहरीले विमानमा मृत्यु भएको महिलाको खोजी गर्यो । त्यस्तै प्रहरीले इमानमा सवार यात्रुहरूलाई लगभग ४५ मिनेटसम्म सिटमा नै बस्न आग्रह गर्यो ।
ब्रिटिश एयरवेजले सबै नियमहरू राम्ररी पालना गरिएको र उनीहरू महिलाको परिवारसँगै रहेको बताएको छ । यदि हवाई यात्राको क्रममा कुनै यात्रुको मृत्यु भयो भने, एयरलाइन्सहरूले निश्चित नियमहरू पालना गर्छन्। यी नियमहरू अन्तर्राष्ट्रिय हवाई यातायात संघको दिशानिर्देशहरूमा आधारित छन् ।





प्रतिक्रिया राख्नुहोस्