विश्व समाचार

भारतमा तीन हप्ताको लक डाउन, दिल्लीमा नयाँ संक्रमित भेटिएन

मोदी

मोदी

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि भारतमा २१ दिने लक डाउनको घोषणा भएको छ । भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गर्नुभएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस्’ भन्ने ब्यानर देखाउँदै स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले स्वास्थ्यसम्बन्धी पूर्वाधार मजबुत बनाउन केन्द्र सरकारले आजै १५ हजार करोड रुपैयाँ छुट्याएको पनि बताउनुभयो ।

यसबीच भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ ।

मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भन्नुभयो, “विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ सङ्क्रमण भेटिएको छैन भने पाँच जना सङ्क्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुशी भैहाल्ने अवस्था भने होइन ।”

“अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।”

दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा ९जनता कफ्र्यू० को सज्ञा दिएको छ ।

भारतमा मङ्गलबारसम्म ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म सङ्क्रमित नौ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.