जन सरोकार

प्रहरी भन्छ– आमनागरिक कोभिड–१९ को संक्रमणप्रति सचेत


नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले घरबाट बाहिर ननिस्कन जारी गरेको आदेशलाई आम नागरिकबाट पूर्णरुपमा पालना भएको नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले हार्दिकताका साथ आदेशलाई ग्रहण गरी व्यक्तिगत, समाज र राष्ट्रहितका लागि आमनागरिकबाट महत्वपूर्ण सहयोग भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकबाट भएको यो संयम आगामी दिनमा निरन्तर रहने अपेक्षा गरेका छौं, आदेशलाई हार्दिकताका साथ ग्रहण गर्दिनुभई संयम देखाउनुभएकोमा आम नागरिक प्रति नेपाल प्रहरी कृतज्ञता प्रकट गर्दछ ।”

सरकारले सङ्क्रामक रोग रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गरेको हो । पहिलो पटक यस खाले आदेश जारी भएकोमा मुलुकका विभिन्न स्थानमा उत्सुकता र अज्ञानताबस आदेश अवज्ञा गर्ने ८३ जनालाई प्रहरीले छोटो समय नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिसकेको जनाएको छ । उक्त आदेश कार्यान्वयन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सवारीसाधन र पैदलगस्ती गरिरहेको छ । नेपाली सेनाको करिब तीन हजारको सङ्ख्यामा जनशक्ति यस कार्यमा खटिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न भागमा सरकारको आदेशअनुसार, अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अरु सवारीसाधन सडकमा खासै गुडेका पाइएन । ग्रामीण भेगका तुलनामा शहरी क्षेत्रमा सडकमा सवारीसाधनको चहल पहल प्रायः शून्यजस्तै देखियो । सर्वसाधारण मानिस घरमै बसेर टेलिभिजन, रेडियो, एएफएम र अनलाइनलगायतका सामाजिक सञ्जालाका माध्यमबाट कोभिड–१९ सम्बन्धी सूचना र अन्य जानकारी प्राप्त गर्न कोसिस गरिरहेको देखिन्थ्यो ।

आदेश जारी भएसँगै हवाई सेवाका सबै व्यावसायिक उडान बन्द गरिएको छ । नागरिक समाज र बुद्धिजीवीबाट कतिपय व्यक्ति र समाजमा कोभिड–१९ बाट ज्यानैसम्म खतरामा पर्न सक्ने असरका बारेमा अझै सचेतना पु¥याउन आवश्यक देखिएको सुझाव दिइएको छ ।

जनजीवन शान्तिपूर्ण

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रवीण श्रेष्ठले अज्ञानता र जनचेनताका कमीकाकारण तराई मधेशका केही स्थान र सीमा क्षेत्रमा बाहेक सबै ठाउँमा नागरिकले सरकारले जारी गरेको आदेशअनुरुप नागरिक घरमै बसेर समाज र राज्यलाई सहयोग पु¥याएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो ठाँउमा जनजीवन शान्तिपूर्ण रह्यो, केही स्थानमा सचेतनाको कमी हो कि भन्ने महसुस भएको छ, भोलीबाट त्यसमा अझै सुधार आउने छ ।”

भारतमा विभिन्न स्थानमा रोजगारीमा गएका नागरिक आजपनि गड्डाचौकी भएर ठूलै सङ्ख्यामा नेपाल प्रवेश गरेका छन् । प्रवेश गरेका ती नागरिकको सीमा क्षेत्रमा राखिएको हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गराएर उनीहरूको स्थायी ठेगानाको रेकर्ड राखी आवश्यक सवारीसाधनको व्यवस्थापन गन्तव्यस्थलतर्फ पठाइएको छ ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेका कार्यालय सञ्चालनमा नआएकाले पनि दैनिक चहलपहल निकै कमै देखिन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.