जन सरोकार

होलीमा घर बाहिर ननिस्कन निर्देशन, काठमाडौंमा मास्क नलगाई हिंडे कारबाही हुने

कोरोना भाइरस संक्रमणको जोखि बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले सार्वजनिक स्थानमा जाँदा मास्क प्रयोग नगर्नेलाई कारवाही गर्ने भएको छ । दुवै जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना प्रकाशित गरेर मास्क अनिवार्य लगाउन आदेश जारी गरेको हुन् ।

सूचनामा भनिएको छ, “सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही समेत हुने व्यवहोरा सर्वसाधारणको जानकारीका लागि सूूचित गरिन्छ” ।

त्यसै गरी काठमाडौँका स्थानीयवासीलाई यो वर्षको होली (फागु) घरभित्रै मनाउन पनि जिल्ला प्रशासन कार्यालयहरुले निर्देन जारी गरेका छन् । कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालयहरुले बुधबार सूचना जारी गरेर होली पर्वलाई घरभित्रै सीमित गर्न निर्देशन दिएका हुन् ।

भारतमा कोरोनाको दोस्रो लहर आएसँगै काठमाडौंमा पनि त्यसको प्रभाव देखिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत रमा घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

संक्रामक रोग ऐनको दफा ३ मा यो ऐन अनुसार दिइएको आदेश पालना नगर्नेलाई एक महिना कैद वा रु १०० जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली शुरुमा सम्भाइबुझाइ गर्ने, तर अटेर गर्नेलाई कानूनी दायरामा ल्याइने बताउँदै कोरोनाको दोस्रो लहरबाट जोगिन स्वास्थ्य मापदण्ड पालनाको विकल्प नभएको बताउनुहुन्छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत मास्क नलगाउनेलाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने निर्णय भएको र ललितपुरमा राती ११ बजेपछि व्यावसाय गर्न पनि रोक लगाइएको उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.