जन सरोकार

भागरथीको भजाइनल स्वाब र आरोपी दिनेशको डीएनए मिल्यो

भागिरथी भट्ट

बैतडीकी १७ वर्षया युवती भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरी सुधार गृहमा राखिएका १६ वर्षीया दिनेश भट्टले नै बलात्कार गरेको पुष्टि डिएनए परीक्षणबाट भएको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको दिनेश भट्ट र बलात्कारपछि हत्या गरिएकी बालिका भागरथी भट्टको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको हो ।

डिएनए रिपोर्टले हत्या र बलात्कार प्रकरणको अनुसन्धानलाई थप बलियो बनाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताउनुभएको छ ।

यस प्रकरणमा विभिन्न अनलाइन तथा युटुब च्यानलहरुमाा दिनेशले बयान फेरेको, अरुलाई पोलेको, दवावमा बयान दिएको जस्ता समाचारहरु आइरहे पनि विधि विज्ञान प्रयोगशालाको अनुसन्धानले उनले नै बलात्कार गरेको देखाएको हो ।

यसअघि भारगथीको हत्या प्रकरणमा पक्राउ परेका दिनेशका बुबाले दीपकराजले गत आइतबार पत्रकार सम्मेलन गरेर छोरालाई धम्क्याएर फसाइएको बताएका थिए ।

आरोपित किशोरले बैतडी जिल्ला अदालतमा आफ्नो कसुर स्वीका’र गरेका थिए । थुनछेक बहसपछि आरोपित नाबालक भएकाले अदालतले सुधार केन्द्रमा पठाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.