क्रिकेटखेल

पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनायो ।

पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, टोनी उराले ३८, राइली हेकुरेले ३१ तथा जासन किलले १३ रन बनाए ।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए । यसअघि पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो ।

त्यतिबेला नेपालसँग भने उसले खेलेन । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी पहिलो पटक नेपालसँग खेल्न लागेको हो । नेपालले अहिले पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.