जन सरोकार

पूर्व प्रहरीहरु भन्छन्- राज्यलाई आश्यक सेवा दिन सदैव तयार

नेपाल प्रहरीबाट अवकाश पाएका पूर्व कर्मचारीहरुले राज्यलाई आवश्यक पर्दा आफूसँग भएको अनुभव र सीप, क्षमता सदैव दिन तयार रहेको धारणा पूर्व प्रहरीहरूले राखेका छन् ।

शुक्रबार नेपाल पूर्व प्रहरी संगठन ललितलपुर जिल्ला शाखाले महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा चैत्र १० गते बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले उक्त धारणा राखेका हुन् ।

पूर्व प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले हामी प्रहरी राज्यको लागि आवश्यक पर्दा जतिबेला पनि सेवा गर्न तयार छौँ, आज उमेरका कारण अवकास प्राप्त भएका छौँ तर पनि हामीसँग भएका ज्ञान, सीप र जोशजाँगर अझै सेलाएको छैन तसर्थ सामाजिक सेवा कार्यमा संगठित भइ जुटिरहेका छौँ भन्नुभयो ।

पूर्व प्रहरी संगठनको ललितपुर जिल्ला शाखाका अध्यक्ष रामकमल आचार्यले नेपाल पूर्व प्रहरी संगठनमा अवकास प्राप्त कर्मचारीहरू समाहित भई पूर्व प्रहरी कर्मचारीहरूको हकहित, अधिकार र पूर्व पहरी कर्मचारीले मुलुकमा पुर्याउन सक्ने हित र सामाजिक कियाकलापमा योगदान गर्दै आइरहेको धारणा राख्नुभयो ।

उहाँले नेपाल प्रहरी सेवामा रहँदाका बखत कर्तव्य पालनाको लागि लड्दा घाइत, अपाङ्गता र सहिदका थुप्रै घटनाहरू भएका छन्, ती परिवारहरूलाई समेत हामीले संगठनमार्फत सेवा सहयोग प्रदान गर्दै आइरहेको विचार राख्ननुभयो ।

साथै उहाँले हामी हारेर थाकेको होइन, उमेरको हदबन्दीका कारण अवकास पाएका हौँ । राज्यले हामीसँग भएका ज्ञान, क्षमता र सुरक्षाको विषयमा पहिचान गरी आवश्यक ठानेको खण्डमा जुनसुकै बेलामा पनि सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।

संगठनको अगुवाईमा विभिन्न स्थानीय निकायहरूसँग समन्वय गरी ट्राफिक जनचेतनामूलक कार्यक्रम, महिलाहिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम, लागू औषध दुव्र्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम र अन्य सामाजिक कार्यहरू गरिँदै आएको संगठनका सचिव कृष्णप्रसाद सिटौलाले बताउनुभयो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले समाजप्रतिको दायित्व सबैको रहेको र हाम्रो संगठनले यस्तो कार्य गर्नका लागि पुलको काम गरिरहेको धारणा राख्दै यस्ता कार्यक्रमहरू आयोजना गरिँदा सामाजिक कार्य गर्न हौसला र उर्जा समेत मिल्ने विचार राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.