राजनीति

चिनियाँ विदेशमन्त्री वाङ नेपालमा

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुग्नुभएको छ । उहाँ भारतको भ्रमण सकेर शुक्रबार दिउँसो नेपाल आउनुभएको हो ।

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिनुभएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानुभएको छ । उहाँको औपचारिक कार्यक्रम शनिबारबाट सुरु हुनेछ ।

भ्रमणको दोस्रो दिन शनिबार बिहान ६स्३० बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ । भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ ।

त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम रहेको छ । त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

त्यसपछि उनी सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् ।

विदेशमन्त्री वाङले भ्रमणकै दौरानमा काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।

भ्रमणको तेस्रो दिन आइतबार बिहान ९ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको स्रोतले बतायो ।

ओली र दाहालसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको छ । त्यसपछि होटेल द्वारिकाज जाने र त्यहीँबाट उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसबाहेक अन्य कुनै पनि अधिकारी तथा राजनीतिक भेटघाटको कार्यक्रम तय भएको छैन । दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर वाङ नेपाल आउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.