अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापान र उरुग्वेले बराबरी खेलेका छन् । शुक्रबार भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेले बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको ३८ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० मा सकिएको खेलमा दोस्रो हाफमा जापानले ए गोल गर्यो । खेलको ७५ औं मिनेटमा जापानका ताकुमा निशिमुराले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल बराबरीमा सकियो ।
प्रतिक्रिया राख्नुहोस्