जन सरोकार

गोठमा आगलागी हुँदा २० बाख्रा जले

सिन्धुली घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।

बिहीबार राति ११ बजेको समयमा गोठमा आगलागी भएको र आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.