राजनीति

१४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनैपर्ने : नेता सिंह

नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन मोरङ शाखाद्वारा बिहिबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनैपर्ने बताउनुभयो ।

नेता सिंहले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै सरकार आफूलाई शक्तिशाली बनाउन मात्र केन्द्रित रहेको बताउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.