राजनीति

प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य हुनुपर्ने नेता पौडेलको सुझाव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसंँगको कुुराकानीमा उहाँले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्वपूर्ण कार्य रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुुलुुकलाई जोगाउन सबै दललाई आग्रह गर्नुभयो । उहाँले सबै राजनीतिक दलबीच आपसी सहमतिमा सरकारको विकल्प खोज्ने गरी छलफल एवं गृहकार्य जारी रहेको आँैल्याउनुभयो ।

नेता पौडेलले आफ्नो पार्टीबाट वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउँदै अहिलेको अवस्थामा सत्तालाई प्राथमिकतामा नराखिएको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.