जन सरोकार

आफ्नै श्रीमती जलाएर हत्या गर्न खोज्ने श्रीमान पक्राउ

काठमाडौंको कपन आकाशेधारामा आफ्नी श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

समाचार अनुसार सिरहाको लाहान नगरपालिका ७ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।

आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई आगो लगाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरीय प्रहरी पहरा गण सामाखुशीबाट मन्त्री निवास हरिहरभवनमा कार्यरत प्रहरी सहायक निरीक्षक संयोग राईले घटना थाहा पाएपछि महानगरीय प्रहरी प्रभाग कपनको टोलीले स्थानीयबासीको सहयोगमा ढोका फोडेर महिलाको उद्दार गरेको थियो ।

शरीरको विभिन्न भाग जलेको उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीको भनाई छ । घाइतेका श्रीमान प्रवीण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.