क्रिकेटखेल

नेपाल र आयरल्याण्ड ‘ए’ बीचको दोस्रो टी-२० खेल आज

नेपाल र आयरल्याण्ड ‘ए’बीचको टी२० सिरिजको दोस्रो तथा अन्तिम खेल आज हुँदै छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने खेल नेपाली समय अनुसार  दिउँसो १ बजे सुरु हुने छ ।

दोस्रो टी-२० खेल

जररी सिरिजमा नेपालले १-० ले अग्रता लिएको छ । सोमबार सम्पन्न भएको पहिलो टी-२० खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको थियो । नेपाल आज आयरल्याण्ड ‘ए’लाई पराजित गर्दै सिरिज क्लिन स्विप गर्ने योजनामा रहेको छ भने उता आयरल्याण्डको ‘ए’ टिम पनि घरेलु टोलीलाई पराजित गर्दै सिरिज बराबरी गर्ने योजनाका साथ मैदान उत्रदै छ ।

आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।यसैगरी आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आयरल्याण्ड ‘ए’सँग अभ्यास खेलका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.