राजनीति

यी हुन् जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउने पाँच इन्फ्लुएन्सर

जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउनेमा पाँच जना सोसल मिडिया इन्फ्लुएन्सर संलग्न रहेको ठहर गरेको छ । प्रतिवेदनमा आन्दोलन भड्काउनुमा सोसल मिडिया इन्फ्लुएन्सरको भूमिकाका बारेमा पनि उल्लेख गरेको छ ।

भ्रामक सूचना फैलाउने काममा संलग्न रहेका पाँच जनामा मिडिया इन्फ्लुएन्सर टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने रहेका छन् ।

“अन्य भ्रामक प्रचारहरू जस्तै; २३ भदौको घटनामा चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरियो । त्यस्तै, ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद भवनभित्र मृत अवस्थामा भेटिए भनी २४ भदौमा प्रचार गरियो । यस्तो प्रचार गर्नमा सोसल मिडिया इन्फ्लुएन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपानेजस्ता व्यक्तिहरू संलग्न रहेको पाइन्छ । अर्को एक (विमान परिचारिका)ले हिमालयन एयरलाइन्सबाट प्रधानमन्त्री केपी‍‍ ओली भागेर दुबई पुगेको र उनले आफैँले देखेको भ्रामक प्रचार गरिन् । हिमालय एयरलाइन्सले यसको खण्डन गरी प्रेस वक्तव्य नै जारी गर्नुपर्‍यो । त्यस्तै एउटा अर्को मिडियामा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भीडले घिसारेर पिटिरहेको प्रचार गर्यो, त्यो गलत प्रचार थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट बच्न नदीमा भागिरहेका र व्यक्तिहरुले उनलाई पिटिरहेको दृष्य भिडियोमा देखाइएको थियो” प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.