राजनीति

पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले ध्यान नदिएको खनालको आरोप

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताउनुभएको छ । झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले एकतालाई आफूहरुले जोड दिए पनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाउनुभयो ।

उहाँले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताउनुभयो ।

कार्यक्रममा एमालेका नेता माधवकुमार नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको जानकारी दिनुभयो । उहाँले अदालतको गरेको फैसला स्र्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बताउनुभयो ।

भेलाका सहभागीले शनिबार आआफ्नो धारणा राख्ने कार्यसूची रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.