राजनीति

प्रज्ञा प्रतिष्ठानको आँगनमा नागरिक समाजको प्रश्न, नेताको उत्तर

साहित्यिक एवम् प्राज्ञिक छलफल हुने नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन । रुखको फेदमुनी केही सामान्य कुर्सी अनि साहित्यिक जमघटको साटो नागरिक समाजका अगुवाहरुको प्रश्न र राजनीतिक दलका नेताहरुको उत्तर ।

कुर्सीमा नेकपा (एमाले(का वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लहरै बस्नुभएको छ । उहाँहरुको माथि तुल टागिएको छ ‘वुहद नागरिक आन्दोलन’ ।

नागरिक समाजले आज आयोजना गरेको कार्यक्रममा नागरिकका तर्फबाट नेतालाई प्रश्न गरियो । नागरिकको प्रश्नको कठघरामा शीर्ष नेताले सकेसम्म जवाफ दिने प्रयास गर्नुभयो ।

नागरिकका केही प्रश्नको उत्तर खोज्ने ध्येयका साथ आफूहरुले खुल्ला आकाशमुनी प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई निम्त्याएको भन्दै प्राध्यापक खनालले कार्यक्रम शुरु गर्नुभयो ।

दोस्रो जनआन्दोलनको क्रममा नागरिक समाजले खेलेको भूमिकको उच्च प्रशंसा गर्दै एमाले नेता नेपालले संविधान, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि पुनःनागरिक समाजको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले स्वायत्त पार्टीले निर्भकताका साथ गरेको निर्णयलाई सर्वोच्च अदालतको फैसलाले समस्या पारेको उल्लेख गर्नुभयो ।

देश र जनताको पक्षमा निरन्तर इमान्दारी पूर्वक लागेको भन्दै उहाँले आफूलाई कुनै पनि प्रकारको डरसमेत नरहेको स्पष्ट पार्नुभयो । पार्टीभित्रको मूल मान्छेले नै पार्टीको विधान मिच्ने काम गरेको भएपनि नेता नेपालले नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रणाली र विधिमा हिडाउन आफू प्रयासरत रहेको बताउनुभयो ।

प्राध्यापक खनालले राजनीतिक पृष्ठभूमि बाध्दै केही प्रश्नसहित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहाललाई बोल्ने पालो दिनुभयो ।
अध्यक्ष दाहालले सरकारलाई आफनो पार्टीले दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताउनुभयो । प्रतिनिधिसभाको विघटनपछि आन्दोलनमा रहेका प्रमुख राजनीतिक दलबीचमा सहकार्य हुने वित्तिकै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता र नयाँ सरकारको खाकासमेत आउने उहाँको भनाइ थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरले आफूले उठाएको माग सम्बोधन गराउने अवस्थामा आपूmहरु मुलुकलाई निकास दिन तयार रहेको बताउनुभयो । अध्यक्ष ठाकुरले मुलुकलाई समस्यामा परेको बेला आपूmले नै निकास दिने गरेको स्मरण गर्नुभयो ।

कांग्रेसका नेता डा रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन आए कांग्रेसले उहाँलाई साथ नदिने र अविश्वासको पक्षमा मतदान गर्ने उल्लेख गर्नुभयो ।

नेता रिजालले प्रधानमन्त्रीसँग संसद्को बहुमत नरहेको भन्दै माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि नयाँ प्रक्रिया शुरु हुने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक परिस्थितीको मूल्याङ्कन गरेर कांग्रेसले देश र जनताको पक्षमा उचित निर्णय लिने जानकारी दिनुभयो ।

मुलुकको राजनीतिलाई सही दिशामा लैजान राजनीतिक नेतृत्वले शीघ्र पहल गरोस् भन्ने आग्रह गर्दै नागरिक समाजका तर्फबाट यस्ता कार्यक्रम निरन्तर अगाडि बढ्ने प्राध्यापक खनालको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.