राजनीति

अध्यक्ष प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज भेटवार्ता भएको छ । बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाट भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन र मुलुकको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको जनाइएको छ ।

सरकारले आगामी वैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाँणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको हो ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल पनि भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.