जन सरोकार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनकुटा, धनकुटा नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख ४८ हजार ७ सय २८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.