जन सरोकार

घरबाट बाहिर निस्कदै हुनुहुन्छ ! सोच्नुस, क्वारेन्टाइन बसेर छ महिनाको जेल सजाय होला

सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेको लकडाउनमा घर बाहिर निस्कनेहरु बढेपछि प्रशासन कडा रुपमा प्रस्तुत हुन थालेको छ । यस क्रममा शनिबार विहानै सडकमा निस्कने २ सय १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूलाई छुट्टै हलमा राख्ने व्यवस्था गरिएको छ । उनीहरुको सामान्य जाँच गरेर छोड्ने वा जरिवाना तथा ६ महिनासम्म जेल सजाय के गर्ने प्रहरीले नै निर्धारण गर्नेछ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० विश्वराज पोखरेलले जानकारी दिनुभयो । सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ ।

स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो । “पहिलो¬, दोस्रो दिनमा जानकारी भएन भन्ने कुरा हुनसक्थ्यो, अहिले सबैले थाहा पाएर पनि बेवास्ता गरेको पाइयो, अब कुनै सम्झौता हुन्न, अत्यावश्यकबाहेक हिँड्ने र सवारी चलाउने छुट छैन, प्रहरीले पक्राउ गर्र्छ”, डिआइजी पोखरेलले भन्नुभयो ।

पोखरेलले थप्नुभयो, “दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले अब प्रहरी यसमा निर्ममरूपमा अघि बढ्छ, कोही पनि बाहिर ननिस्किनुस् ।”

प्रहरीले सडकमा निस्कनेलाई उच्च सुरक्षा अपनाएर पक्राउ गर्न थालेको छ । शुक्रबारदेखि महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्यकामा बिना काम लकडाउनको उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिन विषेश मेसिन सहितको टोली खटाएको छ ।

यस मेसिनले मान्छेहरूलाई छुनै नपर्ने गरी पक्राउ गर्न सकिने र छुट्टै खालको भ्यानमा राखेर लग्ने गरिन्छ । श्क्रबार पनि सोही मेसिन तथा विषेश टोली खटिएर ४९ जनालाई पक्राउ गरेको थियो ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.